हिमालयन लाइफ इन्स्योरेन्सले गर्याे लाभांश घोषणा

-



     सफल आवाज    
     माघ ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ माघ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। माघ शुक्रबार बसेको इन्स्योरेन्स सञ्चालक समितिको ३४ औं बैठकले सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

साे बाेर्ड बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ। प्रस्तावित बोनस सेयरमा लाग्ने कर बापतको रकम सेयरधनी आफैले तिर्नुपर्ने निर्णय समेत गरेको छ। 

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने बताइएकाे छ।