नेप्सेमा १२.५८ अंकको बृद्धि, ६ अर्ब २५ करोडको कारोबार

-



     सफल आवाज    
     माघ ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ माघ । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले अर्थ बजारमा सुधारको संकेत गरेको हो कि भन्ने आकलन गरिएको छ ।

नेप्सेमा देखिएको उकालोको यात्राले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । नपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा रहेको छ । नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि हुँदा सन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेर ४३९.०४ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३२५ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड २९ लाख ८२ हजार ६१९ कित्ता शेयरको कारोबारबाट ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६२४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीकोे २६ करोड ८५ लाख २५ हजार ५९५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलसै नेपाल बालाजु लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।