कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि

-



     सफल आवाज    
     माघ ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ माघ। कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैकले ६ महिनाकाे अवधिमा ३२ करोड २४ लाख खुद नाफा कमाएको हाे। बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २४.५५ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी पनि १३.६३ प्रतिशत वृद्धि भई १ अर्ब ८ करोड ९५ लाख ९४ हजार रुपैयाँ भएको छ। समिक्षा अवधिमा बैंकको खुद संचालन आम्दानी १५ प्रतिशत बढेर १ अर्ब ९ करोड ३६ लाख पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि २.५९ रुपैयाँ बढेर १८.३७ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १५७.४६ रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य नाफा भने ३७ करोड ५५ लाख ८४ हजार रुपैंया पुगेकाे छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा ११५.२० प्रतिशत बढी हो ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ। बैंकले जगेडा कोषमा १ अर्ब ६४ करोड १६ लाख ९६ हजार रुपैयाँ राखेको छ।