नबिल बैंकले ३ अर्ब २४ करोड नाफा कमायो

-



     सफल आवाज    
     माघ ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ माघ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २४ करोड २४ लाख खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो।

याे अवधिमा बैंकको सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य वृद्धि देखिएको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख बराबर नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर आठ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख पुगेको छ ।

बैंकको फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ पुगेको रिपाेर्टमा उल्लेख गरिएकाे छ।