नेप्सेमा ५.०८ अंकको बृद्धि, ६ अर्ब १९ करोडको कारोबार

-



     सफल आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन आईतबार नेपाली शेयर बजार सामान्य अंकले बढेको छ । नेप्सेमा आएको सकारात्मक लयले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ ।

नेपाली स्टक एक्सचेन्जक अनुसार नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १ अंकले बढेर ४४०.१४ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल ३११ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयरको कारोबारबाट ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँ १८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइडिबि होल्डिङ लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड ७६ लाख ३५ हजार २९२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पवार लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ८.९६ प्रतिशतले घटेको हो ।