नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित अन्तिम दिन

-



     सफल आवाज    
     माघ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनिले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बिहिबार भोली बुकक्लोज गर्ने भएकाे छ।

इन्स्योरेन्सकाे २५ औँ साधारण सभा माघ २८ गते, होटल भिष्वा, वीरगंजमा डाकिएकाे छ। सभा बिहान ९ बजे बाेलाइएकाे छ।

शेयरधनीहरुले साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।

सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांशसहित ११.०५ प्रतिशत लाभांश वितरणकाे विशेष प्रस्ताव पेश हुनेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको चयन गरिनेछ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।