
काठमाडौं, ९ माघ । आइसीएफसी फाइनान्सले आजदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे छ ।
कम्पनीले प्रतिइकाई रुपैयाँ १ हजार मूल्यमा ३ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हो । यसबाट १ लाख ८० हजार इकाई संघ संस्थाहरुलाई बिक्री गरिने भएकाे छ ।
सर्वसाधारणका लागिः रहेकाे ऋणपत्रबाट ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ७ वर्षकाे अविध रहेकाे ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरिएकाे हो । जसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिइने भएकाे छ ।
लगानीकर्ताले माघ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे अवधिसम्म सबै ऋणपत्र बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन पाइनेछ ।
यसमा घटीमा २५ इकाईदेखि बढीमा १ लाख २० हजार इकाईका लागि आवेदन दिन पाइनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




