नेप्सेमा उत्साहप्रद बृद्धि, ९ अर्ब २० करोडको कारोबार

- कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अब्बल

-



     सफल आवाज    
     माघ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ माघ । लामो समयपछि नेप्सेमा हरियाली छाएको छ । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचकले अर्धसतकको घेरो पार गरेको छ ।

यसका साथै कारोबार रकमममा पनि उल्लेखनिय बृद्धि भएको छ । नेप्सेमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । यसले उनीहरुकाे मनाेवल उच्च बनाएकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । नेप्सेमा २.०० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.६५ अंकले बढेर ४४८.८० विन्दुमा पुगेको छ ।

नेप्सेमा १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । यसदिन ३२२ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता शेयरको कारोबारबाट ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३४९ रुपैयाँ ६८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ६१ करोड ३६ लाख ४८ हजार २२० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।