
काठमाडाैं, ११ माघ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकाे खुद नाफा घटेकाे छ । लघुवित्तकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत वर्षको सोही अवधिकोभन्दा कम रहेकाे छ।
यस आर्थिक वर्षको पहिलो ६ महिनासम्म लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको पाइएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३८.४१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घटेकाे हो।
लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशतले घटेको छ । खुद फि र कमिशन आम्दानी ८६.२६ प्रतिशतले घटेको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत र सञ्चालन मुनाफा ४३.३८ प्रतिशत घटेको छ।
प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ९४.४७ गुणा रहेको छ । नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा छ। लघुवित्तको निष्क्रिय कर्जा बढेर ४.४४ प्रतिशत भएकाे छ।
लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेकाे छ । जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ रहेकाे छ। ५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ सापटिसहित ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिएकाे छ। वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




