समाजलाई शिक्षित बनाउन पुस्तक व्यवसायी महासंघको भूमिका महत्वपूर्ण छ-मुख्यमन्त्री पाण्डे

-



     सफल आवाज    
     माघ १२ गते २०८१ मा प्रकाशित



पोखरा, १२ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजलाई शिक्षित बनाउन, सुसूचित गराउन र अनुशासित बनाउन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

महासंघको शनिबार पाेखरामा आयोजना गरिएको १७ औं साधारण सभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि रहेका पाण्डेले भने, तपाँईहरु मर्यादित व्यवसाय गरेर नाफा वा घाटा एकातिर होला तर शिक्षा क्षेत्रसंग जोडिनु भएको छ । यसकारण तपाँईहरुको भूमिका धेरै महत्वको रहेकाे छ ।

मुख्यमन्त्री पाण्डेले उत्पादन, प्रकाशन, वितरण, मसलन्द खेलकुद लगायतका विषयहरुसंग जोडिएका तपाँईहरुकाे काम ठूलाे सेवाकाे काम हो । समाजलाई ज्ञान बाढ्नु भएको छ । उहिले उहिले दुर्गममा महिनौसम्म पुस्तक नपुगेका खबरहरु आईरहन्थे तर पछिल्ला दिनहरुमा यहाँहरुको सक्रियताले त्यस्तो गुनासो सुन्नमा धेरै कमि भईसकेको छ, यसमा महासंघको ठूलो हात रहेको छ ।

अहिले जमाना प्रविधिको छ । पेपरलेस गर्नुपर्छ र डिजिटल प्लेटफर्ममा काम गर्नुपर्छ भन्ने मान्यता रहेको अवश्था छ । मलाई थाहाँ छ तुरुन्तै यसतर्फ फड्को मार्न गाह्रो छ तर यहाँहरुले समयले ल्याएको प्रविधिको च्यालेन्जलाई पनि स्वीकार गर्नुपर्छ ।

यहाँहरुले संभावनाको जोजि पनि गर्नुपर्छ । व्यवसायलाई भिन्न तरिकाले कसरी अगाडी बढाउने, यहीं केहि गर्छु भन्नेलाई कसरी रोक्ने र यहाँ केहि हुँदैन भन्ने भाष्यलाई निरुत्साहित गर्न सबैकाे पहल जरुरी भएको बताए ।

तपाँईको सेवा समाज बनाउने कर्मसंग जोडिएको छ । तसर्थ हाम्रा प्रकाशनहरुले हाम्रो परम्परा, संस्कार, संकृति, पूर्विय दर्शन र चिन्तन मनन्का कुराहरु ल्याउन आवश्यक भएको र सुसंस्कृत हुनका लागि अनुशासन जरुरी भएको बताए ।

उनले पठन संस्कृतिको विकासमा टेवा पुर्याउनका लागि प्रदेश सरकारले यहाँका पुस्तकालयहरुको व्यवस्थापनको लागि वजेटको व्यवस्था गरेको र भविष्यमा पोखरा महानगरसंग मिलेर देश विदेशका मानिसको मजघट गराउने खालको इलाईब्रेरी बनाउने सोंच रहेको बताए ।

विशिष्ट अतिथि तथा महासंघका पूर्व अध्यक्षसमेत भईसकेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले २०४६ साल पति पेशागत संस्थाहरु हुल्न थालेपछि पोखरा पुस्तक, मसलन्दको व्यवसाय गरिरहेकाहरु जुर्मुराएको र यसमा बाहिर जिल्लाहरुबाट क्रमसै साथ जुट्दै हालको अवश्थासम्म आईपुगेको बताए ।

अहिले हामी १७ औं साधारण सभाको चरणमा आएका छौं । समाजलाई कुन दिशामा लैजाने, कस्तो बनाउने त्यो जिम्मेवारी हाम्रै काँधमा रहेको बताए । हामीले पठन संस्कृतिको विकासमा जोड दिनुपर्छ । डिग्रि गर्यो र पढाई सकियो भनेर हाइसन्चो भयो भन्ने भाष्य पनि ठिक होईन ।

जति पढ्यो यसका दायरा र ज्ञानको भण्डार पनि फैलिने भएकोले किताबलाई साथी बनाउने, किताबलाई उपहार लिने दिने बानिको विकास गर्नुपर्नेमा जोड दिए । हामीले पोखरामा पव्लिक लाईब्रेरी बनाउँदै छौं । अब विदेशीहरु पनि जाने खालको वातावरण तयार पार्न पर्यटकीय राजधानी पोखरामा इलाईब्रेरीको आवश्यक्ता रहेकोले मन्त्री पाण्डेलाई यस कार्यमा सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा मेयर आचार्यले जनवरी महिनामै पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भको तयारी भईरहेकोले विभिन्न संघ, संस्थाहरुका अधिवेशन तथा कार्यक्रमहरु पोखरामा ल्याउन अनुरोध गरे । उनले महासंघमा रहेका जिल्ला तथा प्रदेशहरुका साधारण सभा पोखरामा गर्न अनुरोध गरे ।

कार्यक्रममा सबै जिल्ला शाखाहरुको तर्फबाट कास्की शाखाका अध्यक्ष गोविन्द गौतमले बोल्दै आवश्यक प्रविधिमैत्री हुने प्रयास गरेका छौं भने । उनले आफ्ना सदस्यहरुको लागि विमा, स्वास्थ्यमा हुने खर्चमा छुटका लागि स्वास्थ्य सम्झौताहरु गरेको बताए । बेला बेलामा फेलोसिप, रक्तदान, शैक्षिक सामग्री वितरण तथा पाठ्यपुस्तक वितरण गर्दै आएको बताए । उनले संघले पोखरामा हुने लिट्रेचर फेस्टिवलमा समेत सहकार्य गरेको बताए ।

साधारण सभाको व्यवस्थापन गरेका महासंघ गण्डकीका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले आफुहरु व्यवसायको दीर्घकालिन विकासकाे सोंचका साथ अगाडी बढेको बताए । समय अनुसार चुनौती पनि थपिदै गरेकोले तिनको सामना गर्न पनि जरुरी भएको बताए । पोखरेलले लगानीको आधारमा ससाना व्यवसाय गरेकाहरुलाई झन् माथि उठाउन पहल गर्न जरुरी भएको बताए । उनले अनलाईन रोगको रुपमा देखा परेकोले यसको उचित प्रवन्ध गर्न आवश्यक भएको बताए । जहाँतहिं पुस्तक बेच्न थालिएको छ यसलाई निरुत्साहित गर्नुपर्ने बताउँदै पोखरेलले आपतविपदका बेलामा व्यवसायीको सहयोगि भइरहेकाे बताए ।

कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले महासंघ र विद्यालयबीचको सम्बन्ध गहिरो रहेको बताए ।

पूर्व वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे, जनक शिक्षा सामग्री केन्द्र पोखराका प्रमुख गोमा खनाल, संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे, निवर्तमान अध्यक्ष संजय कुमार चौधरी, पूर्व अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य रघुनाथ महर्जन लगायतले व्यावसायीक हितका पक्षमा बोलेका थिए ।

कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे, धराज आचार्य, रघुनाथ महर्जन, हरिप्रसाद अर्याल, नवनिधि पन्त, मनोहरि बस्याल, संजय चौधरी, तृतिय उपाध्यक्ष सरोज मास्के, कृष्णप्रसाद पोखरेल, विनोद सापकोटा झापा, गोविन्द गौतम कास्की, गोपाल बस्याल रुपन्देही, प्रमेश आचार्य चितवन, भिम बडाल कैलाली शाखा तथा नारायण दाहाल काठमाडौंलाई सम्मान गरिएको थियो ।

यसअघि कार्यक्रममा सहभागि भएकाहरुलाई महासंघका वरिष्ठ उपाध्यक्ष मातृका सिवाकोटीले स्वागत गरेका थिए । महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष शिव सागर शर्माको अध्यक्षतामा भएको थियो ।

उक्त अवसरमा शर्माले व्यवसायलाई मर्यादित बनाउन लागिपरेको बताए । कसरी सुदृढ भएर जान सकिन्छ भनेर लागिपरेका छौं । उनले भने, नितिगत तहमा हामीले शिक्षा मन्त्रालय तथा सरोकारवालाहरुसंग निरन्तर छलफल गरिहेका छौं । आशा गरौं पुस्तक निति छिट्टै आउनेछ ।