
काठमाडौं, १३ माघ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ । संस्थाकाे सार्वजिनक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार संस्थाकाे नाफामा १६१.४२ प्रतिशतले बृद्धि भएकाे छ ।
लघुवित्तले ३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गएकाे वर्षको तुलनामा १६१.४२ प्रतिशतले बढी हो । गत वर्ष साेहि अवधिमा १ करोड २४ लाख रुपैयाँ थियो ।
संस्थाकाे सञ्चालन नाफा १६१.४१ प्रतिशतले बढेर ४ करोड ६६ लाख रुपैयाँ भएकाे । खुद ब्याज आम्दानी २६.०२ प्रतिशतले बढ्दा १६ करोड १७ लाख रुपैयाँ रहेकाे छ । गत वर्ष याे १२ करोड ८३ लाख रहेकाे थियाे। कम्पनीले खराब कर्जा घटेर २.९१ प्रतिशतमा भएकाे छ । गएकाे वर्षमा ४.६४ प्रतिशत थियाे ।
पुस सम्ममा चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ रहेकाे छ । जगेडामा १५ करोड ८४ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी १० रुपैयाँ ९९ पैसाले बढेर १७ रुपैयाँ ७९ पैसा भएको छ । गत वर्ष साेहि अवधिमा ६ रुपैयाँ ८० पैसा थियो । नेटवर्थ १३९ रुपैयाँ ९२ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




