ङादी ग्रुपकाे हकप्रदमा माघ २९ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     माघ १४ गते २०८१ मा प्रकाशित



काठमाडौं, १४ माघ । ङादी ग्रुप पावरकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएकाे छ । कम्पनीले पुस २३ गतेदेखि शेयर बिक्रीमा ल्याएकाे थियाे । म्याद थपिएपछि अब माघ २९ गतेसम्म आवेदन दिन पाइने छ।

कम्पनीले १ कित्ता बराबर नयाँ शेयर १ कित्ता रेसियाेमा खुलाएकाे हाे । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ दरकाे १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता जारी गरेकाे हाे।

कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। मंसिर १७ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक, सिद्धार्थ बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन्।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा रहेकोमा हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्ने भएकाे छ।

हकप्रद शेयरबाट संकलन भएको रकमबाट १ अर्ब ८१ करोड ८७ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा समृद्धि इनर्जी लिमिटेडद्वारा प्रबर्द्धन गरिएकाे बझाङ्ग माथिल्लो सेती जलविद्युत आयोजनामा लगानी गरिनेछ । ३ करोड २५ लाख रुपैयाँ मर्मतका लागि रहनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।