
काठमाडौं, १५ माघ । क्रेष्ट माइक्रो लाइफ इन्स्याेरेन्सले माघ १५ गते आजदेखि आइपीओ खुलाएकाे छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ जारी गरेकाे हाे ।
कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा २२ लाख ५० हजार कित्ता शेयर जारी गर्न सेबाेनबाट अनुमति लिएकाे थियाे । यसमा २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेकाहरूकाे लागि रहेकाे छ ।
वैदेशिक रोजगारमा गएका नेपालीहरूले माघ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । यसमा घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
क्रेस्ट माइक्रो लाइफ इन्स्याेरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र पाएकाे थियो । २०८० जेठ ८ मा बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालनकाे स्वीकृती पाएकाे थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले २०८० जेठ १० मा कारोवारको स्वीकृती दिएपछि पब्लिक लिमिटेड कम्पनीकाे रूपमा स्थापना भएको थियाे ।
कम्पनीमा संस्थापक लगानी ७०५ रहेको छ । सार्वजनिक निष्काशन पछि सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३०५ रहने जनाइएकाे छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




