नेप्से २४.५० अंकले बढ्याे, ९ अर्ब ४० करोडको कारोबार

-



     सफल आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । केहि दिनको करेक्सनपछि नेप्से उकालो लागेकोमा लगानीकर्ताहरु उत्साहि भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३९ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ३.१९ अंकले बढेर ४४४.७२ विन्दुमा रहेको छ ।

यसदिन सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३२५ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३८ करोड २१ लाख ३२ हजार १८७ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै दोल्ति पावर कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ८.४३ अंकले घटेको छ ।