सुनमा रु १४ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     माघ १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १४ सय तथा चाँँदीमा रुपैयाँ ३० ले बढेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।