पेट्रोलियम पदार्थको भाउ बढ्यो, ग्यासको यथावत

-



     सफल आवाज    
     माघ १८ गते २०८१ मा प्रकाशित



काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी भाउ बढाएकाे हाे ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रूपैयाँ २, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेकाे छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले बढाएकाे जनाएकाे छ । 

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकामा प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढेको छ  ।

पोखरा र भैरहवाकालागि ब्रेक इभन पोइन्टमा  बिक्री मूल्य कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेकाे छैन।

भाउ बढेपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४.५०, दोस्रो वर्गमा १६६ र तेस्रो वर्गमा १६७ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम गरिएकाे छ ।

निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेका छन ।

दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।