
काठमाडाैं, २२ माघ । लाभांशकाे प्रस्ताव अनुमाेदन गर्नका लागि शिखर इन्स्योरेन्सले साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे ।
कम्पनीकाे २० औँ साधारण सभा फागुन १३ गते केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा बिहान ११ बजे डाकिएकाे छ।
सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ। यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी दिने संचालक समितिलाइ दिने, रजिष्टर्ड कार्यालयकाे ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनकाेलागि माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुकक्लोज गरिने भएकाे छ। लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरूले २९ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




