सुनमा रु १९ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १९ सयले बढेको छ । चाँदीमा रुपैयाँ ३५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।