नेप्सेमा दोहोरो अंकको गिरावट, करीब ९ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.४९ अंकले घटेर ४५७.१२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयरको कारोबार बाट ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ रुपैयाँ ३६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३० करोड ८७ लाख १३ जार ७९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।