न्यादी हाइड्रोपावरकाे नाफामा २७.११ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ माघ । न्यादी हाइड्रोपावरकाे नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी गएकाे वर्षकोभन्दा केही बढेको छ।

कम्पनीले विद्युतबाट रूपैयाँ ३६ करोड ४८ लाख आम्दानी गरेको छ। यो नाफा गएकाे वर्ष सोही अवधिकोभन्दा २७.११ प्रतिशतले धेरै हो। गएकाे वर्षमा कम्पनीले २८ करोड ७० लाख आम्दानी गरेको थियो।

विद्युत बिक्री बढेपछि खुद नोक्सानी घटेको छ। जाे रूपैयाँ १० करोड ६४ लाख घटेर ८६ लाख ५५ हजार रुपैयाँ रहेकाे छ। वित्तीय खर्च रूपैयाँ २४ करोड ५२ लाखबाट घटेर २१ करोड ८५ लाख रुपैयाँ रहेकाे छ।

कम्पनीको चुक्ता पूँजी रूपैयाँ १ अर्ब ५० करोड रहेकाे छ । अन्य इक्विटी ५४ करोड ४४ लाख ऋणात्मक रहेको छ भने प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक छ । यसकाे नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ।