सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आज लाभांश सुरक्षित गर्ने दिन

-



     सफल आवाज    
     फागुन १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ फागुन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले ३१ औँ साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि फागुन २ गते शुक्रबार बुकक्लोज गर्ने बताएकाे छ ।

शेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिनेछन्।

इन्स्योरेन्सकाे साधारण सभा फागुन १५ गते, लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौँमा बाेलाइएकाे छ । सभा बिहान साढे १० बजे बाेलाइएकाे छ।

सभाबाट ३० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ। यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, नियमावली संशोधन लगायतका कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ।