सुन तोलामा रु ४ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     फागुन २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ फागुन । साताको सुनचाँदीको कारोबार हुने छैटौ दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेकाे छ। यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।