रू ४० अर्बको निक्षेप संकलनमा आज बाेलकबाेल हुँदै

-



     सफल आवाज    
     फागुन ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको धरै तरलताकाे व्यवस्थापन गर्नका जारी गरेकाे ४० अर्ब रुपैयाँको निक्षेप संकलनमा आज बाेलकबाेल हुँदैछ ।

राष्ट्र बैंकले २१ दिनकाे अवधिकाे लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हाे । यसमा बाेलकबाेल गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन पेश गर्न सक्ने भएक्छा छन्। उसकाे साँवा र ब्याज भुक्तानी अवधि फागुन २५ गते ताेकिएकाे छ । 

बैंकका अनुसार ब्याजदर बोलकबोल बाट निर्धारण गरिने भएकाे छ । यसम सहभागि हुन चाहने बैंक तथा वित्तीय सस्थाहरुले घटीमा रूपैयाँ १० करोड तथा बढीमा रूपैयाँ ५ करोडले निःशेष भाग जाने निष्काशन भएकाे रकम बराबरको माग गर्न पाउनेछन् ।

बैंकले गएकाे माघ ३० गते ६० अर्ब रुपैयाँ बराबरको २१ दिने अवधिको लागि निक्षेप संकलन उपकरण जारी गरेको थियाे । जसमा बैंक तथा वित्तीय संस्थाले ७८ अर्ब ७५ करोडकाे लागि आवेदन दिएका थिए ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणबाट चालु आर्थिक वर्षको माघसम्म रूपैयाँ १८ खर्ब ९ अर्ब खिचिसकेकाे छ ।