
काठमाडौं, ४ फागुन । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्तारुमा उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा पुगेको छ । नेप्सेमा ०.७३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५४ अंकले बढेर ४५३.४२ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । बाँकी ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३०९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रा स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिडेडको कारोबार भएको छ । कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार १२९ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




