स्वरोजगार लघुवित्तले फागुन १८ देखि एफपीओ जारी गर्ने

-



     सफल आवाज    
     फागुन ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि एफपीओ निष्काशन गर्ने भएकाे छ। संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ रहने १ लाख ९५ हजार ७७३ कित्ता शेयर जारी गर्ने भएकाे हाे ।

शेयरमा लगानीका लागि लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन पाउनेछन्। साे अवधिभित्र माग अनुसारकाे आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

यसमा न्युनतम १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। लगानीकर्ताले नसम्पूर्ण सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ‘मेरो शेयर’ अनलाइनबाट आवेदन दिन पाउनेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।