एकैदिन प्रतितोला १ हजार १ सयले बढ्यो सुनको भाउ

-



     सफल आवाज    
     फागुन ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ फागुन । बुुधवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार तोलामा १ लाख ६९ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य बुधवार १ हजार १ सयले बढेर तोलामा १ लाख ७० हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार बढेर १ हजार ९८५ मा कायम भएको छ ।