
काठमाडौं, ८ फागुन । एनएमबि क्यापिटलले बिक्रीमा ल्याएकाे दुईवटा फण्डकाेका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष तथा, एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन खुलाएकेा थियाे ।
प्रतिइकाई १० रुपैयाँ मूल्यकाे रुपैयाँ १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी याेजना हो। याे एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ ।
यसमा एक करोड ६८ लाख इकाई कोषकाे प्रवर्धक रहेकाे एनएमबि बैंकका लागि रहेकाे छ । १२ लाख इकाई योजना व्यवस्थापकका लागि र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । फण्डमा घटीमा १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाइने छ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




