क्रेस्ट माइक्रो लाइफकाे फागुन २२ गतेदेखि आईपीओ आउदै

-



     सफल आवाज    
     फागुन ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ फागुन । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका शेयर निष्काशन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेकाे हाे ।

कम्पनीले रुपैयाँ २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति पाएमा रुपैयाँ २ करोड २५ लाख बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशनपछी बाँडफाँड भइसकेकाे छ।

कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर बाँडफाँड भइसकेकाे छ।

दोस्रो चरणमा सर्वसाधारणका लागि रुपैयाँ १८ करोड ४५ लाख बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने भएकाे हाे ।

लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे अवधिमा सबै आवेदन नपरेमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकका लागि सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, तोकिएका शाखाहरु र ‘मेरो शेयर’ अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।