सुनको तोलाको १ लाख ७१ हजार पुग्याे, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     फागुन ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेको जनाएकाे छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।