
काठमाडाैं, ९ फागुन । माछापुच्छ्रे क्यापिटलले सामूहिक लगानी कोष एमबीएल इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशन गर्ने भएकाे छ । क्यापिटलले उक्त इकाई फागुन २२ गतेदेखि निष्काशन गर्ने भएकाे हाे ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको जनाएकाे छ । सो फण्ड १२ वर्षे अवधिकाे बन्दमुखी योजना हो। जाे एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुन्छ ।
फण्डका अनुसार एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी माछापुच्छ्रे बैंकका लागि रहेकाे छ । १२ लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरीएकाे छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागिएकाे जनाइएकाे छ ।
लगानीकर्ताले साे फण्डमा १०० देखि एक करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्। यसका लागि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। ताेकिएकाे समयमा सबै इकाई बिक्री नभए चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिएका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरूबाट आवेदन दिन पाइनेछ। साथै ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




