सिटिजन लाइफद्वारा २८.४० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     फागुन ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ फागुन । सिटिजन लाइफ इन्स्याेरेन्सकाे लाभांश घोषणा गरिएकाे छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर निर्णय गरेकाे छ ।

गत आर्थिक वर्षको नाफाबाट करकाे प्रयाेजनका लागि १.४२ प्रतिशत नगदसहित जम्मा २८.४० प्रतिशत लाभांश दिने निर्णय गरिएकाे छ ।

संचालक समितिले निर्णय गरेकाे साे प्रस्ताव नेपाल बिमा प्राधिकरणले स्वीकृति गरेपछि तथा कम्पनीको साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । कम्पनीले अघिल्लाे आर्थिक वर्ष २०७९-०८० मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यसअघि प्रस्तावित लाभांश विरणकाे प्रस्ताव भएकाे थियो । नेपाल बिमा प्राधिकरणले सेयर प्रिमियमबाट वितरण गर्ने घोषणा गरेको लाभांश वितरण नगर्न निर्देशन दिएएकाे पछि रद्द गरिएकाे थियो ।

पुँजी वृद्धि गर्नका लागि इन्स्याेरेन्सले २६.९८ प्रतिशत बोनस तथा १.४२ प्रतिशत नगद लाभांशुहित २८.४० प्रतिशत लाभांश दिने निर्णय गरेकाे थियो ।