नेप्सेमा सामान्य अंकको बृद्धि, ११ अर्बको कारोबार

- कारोबारमा हिमालयन रिइन्स्योरेन्स अब्बल

-



     सफल आवाज    
     फागुन १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ फागुन । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएकाे छ । काराेबार सन्ताेषजनक रहेकाे छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा रहेको छ । नेप्सेमा ०.१२ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६० अंकले बढेर ४५९.२५ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयरको खरिदबिक्रीबाट ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ८९ करोड ३५ लाख ३८ हजार ९५ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।