सुनको भाउ बढ्याे, चाँदीको घट्यो

-



     सफल आवाज    
     फागुन १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ फागुन । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । चाँदीको घटेको छ ।

आज सुन प्रतितोला रु पाँच सयले बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ ।

सोमबार प्रतितोला रु एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रु एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।