
काठमाडौं, १३ फागुन । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । कारोबार रकम अघिल्लो दिनकोभन्दा घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२५ प्रतिशतmे बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले बढेर ४६०.०६ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता शेयरको कारोबार बाट ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँ ९७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको अधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ८.९७ प्रतिशतले घटेको छ ।










दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




