लाभांश र हकप्रदकाे प्रस्ताव अनुमाेदन गर्न युनाईटेड इदी मार्दीले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     फागुन १५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १५ फागुन । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले लाभांश तथा हकप्रद शेयर जारी गर्नका लागि प्रस्ताव अनुमाेदन गर्न १५ औँ साधारण सभा बाेलाएकाे छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे ।

साधारण सभा पाेखरा १७ घारिपाटनमा रहेकाे आभ्या क्लबमा यही चैत ११ गते बोलाइएको छ । साे सभा पूवान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट ४ प्रतिशत बोनसशेयर तथा कर प्रयोजनका लागि ०.२११ प्रतिशत नगद लाभांशसहित ४.२११ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । साथै बोनस शेयर जारी भएपछि १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर जारी गरिने प्रस्ताव पारित पनि पारित गर्ने एजेण्डा रहेकाे छ।

यस्तै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद शेयर निष्काशनकाे कार्य गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाई दिने, सञ्चालकहरुको चयन तथा लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनकेा लागि फागुन २३ गते बुकक्लोज गर्ने जनाएकाे छ। लाभांश पाउन र सभामा भाग लिनका लागि शेयरधनीहरूले फागुन २२ गतेसम्म नेप्सेमा शेयर काराेबारर गरी कायम भएकाे हुनुपर्नेछ ।