
काठमाडौं, १५ फागुन । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । नेप्सेको हरियाली वातावरणले लगानीकर्ताहरलाई उत्साही बनाएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति २०८१÷०८२ को अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि शेयर बजारले त्यतिधेरै प्रतिकुल नमानेपछि सकारात्मक सुधारका संकेतहरु देखिएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक झण्डै ५० को घेरो नजिक पुगेको छ । कारोबार रकम पनि केहि बढेको छ ।
नेप्सेमा ४९.१५ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से परिसूचक २९१५.०४ विन्दुमा पुगेको छ । नेप्सेमा १.७७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.७५ अंकले बढेर ४६९.८२ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । कुल ३०० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयरको कारोबार बाट ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८१५ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९६ करोड ४७ लाख ३४ हजार ६०८ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ७.१७ प्रतिशतले घटेको छ ।










महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




