डिजेल र मट्टीतेलको भाउ घट्याे, अन्यकाे यथावत्

-



     सफल आवाज    
     फागुन १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ फागुन । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको जनाएकाे छ । निगमले आजदेखि लागू हुने गरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हाे ।

शुक्रबार बसेको आयल निगम संचालक समितिको बैठकले भाउ घटाउने निर्णय गरेको हाे ।

निगमले भारतीय आयल कर्पाेरेशनबाट आएको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

निगमले घटेकाे भाउ अनुसार नेपालमा मूल्य समायाेजन गरेकाे हाे । उसाे त निगमले हरेक १५ दिनमा पेट्राेलियम पदार्थकाे मूल्य हेरफेर गर्दै आएकाे छ ।