
काठमाडौं, १९ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरुकाे सुनुवा नभएपछि पुन: आन्दाेलन सुरु गरेकाे छ । संघले पाँच बुँदे मागहरु राखेर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको जनाएकाे छ ।
संघले विज्ञप्ति जारी गरेर माग सम्बोधन नगरेकाले थप विरोधका कार्यक्रमहरू सुरु गरेकाे जनाएको हाे । यसअघि माघ ३० गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री, नेपाल आयल निगमकाे संचालक समिति, पदाधिकारीहरू र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरूबीच भएको छलफलमा माग पूरा गर्ने बारेमा मन्त्रीले गृहकार्य गर्न १५ दिनको समय मागेपछि फागुन १५ गते विरोधका कार्यक्रमहरू स्गीथत गरिएको थियो ।
उक्त अवधि सकिएकाे र अहिलेसम्म कुनै निष्कर्ष नभएकाेले विरोधका कार्यक्रमहरू पुनः सुरु गर्नुपरेको एलपी ग्यास उद्योग संघले जारी गरेकाे बिज्ञप्तिमा जनाइएकाे छ ।
यी हुन् आन्दोलनका कार्यक्रमहरू
१. फागुन १८ गतेदेखि पिडिओ पीडीक्यू नउठाउने।
२. फागुन २४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने।
३. चैत १ गतेदेखि भन्सारबाट बुलेट नछुटाउने।
४. चैत ७ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्री वितरण बन्द गर्ने।
५. चैत ११ गतेदेखि डिलरहरूबाट ग्यासको बिक्री वितरण बन्द गर्ने।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




