आज साेमबार पनि बढेन सुनचाँदीको भाउ

-



     सफल आवाज    
     फागुन १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन आईतबारको भाउ नै सोमबारका लागि कायम गरिएको जनाएको छ ।

यसदिन छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा नै कारोबार भएको थियो ।