पियोर इनर्जीकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० फागुन । पियोर इनर्जी लिमिटेडले आजदेखि शेयर (आईपीओ) निष्काशन गरेकाे छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर जारी गरिएकाे हाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ६० लाख रुपैयाँबराबरको १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि जारी गरेकाे हाे ।

शेयरमा बाँके जिल्लाका स्थानीयले आवेदन दिन पाउने छन्। कम्पनीले १ लाख ४४ हजार कित्ता साधारण शेयर विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाएकाे छ ।

शेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका जनताले बढीमा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेकाहरुले ७ हजार २०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानियले चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन्। ढिलोमा चैत २० गतेसम्म आवेदन दिन कसिनेछ ।उता वैदेशिक रोजगारीमा रहेकाहरुले चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना प्रबर्धन गरेको छ । ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ । यस्तै, १० मेगावाटकाे सौर्य पि.भि. विद्युत आयोजना ब्लक २ को प्रबर्धन गरेको छ । यसकाे कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ छ।