शेयर बजार राताम्मै, करिब १३ अर्बकाे काराेबार

-



     सफल आवाज    
     फागुन २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० फागुन । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार शेयर बजार राताम्मै भएको छ । कारोबार रकम अघिल्ला दिनको तुलनामा केहि घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक ३०.३६ अंकले घटेर २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा १.०५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.३१ अंकले घटेर ४७५.२७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये सबैमा रातो लागेको छ । कुल ३१८ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयरको कारोबारबाट १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ १८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडेको कारोबार भएको छ । कम्पनीको १ अर्ब ९ करोड ३० लाख ७८ हजार ९८३ रुपैयाँ ३४ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गार्डियन माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।