एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ फागुन । एभरेष्ट बैंककाे ऋणपत्रका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले फागुन १८ गतेदेखि साे ऋणपत्रकाे निष्काशन तथा बिक्री खुलाएकाे थियाे ।

बैंकले १० वर्षे अवधि रहेकाे वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्काशन गरेको हो। यसअघि माग अनुसार ऋणपत्र बिक्री नभएपछि अवधि थप गरिएकाे थियाे ।

बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे थियाे । यसकाे प्रतिइकाई दर १ हजार रुपैयाँ रहेकाे र साेहि दरमा ३० लाख इकाई ऋणपत्र बिक्रीमा राखिएकाे हाे । यसबाट १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरले अन्य संघसंस्थालाई बिक्री गरिनेछ । 

बैंकले १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरेकाे छ । ६० हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि रहेकाे छ । बैंकले १० वर्ष अवधि रहेको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी खुला गरेकाे हाे ।

लगानीकर्ताले घटीमा २५ देखि बढीमा १२ लाख इकाईका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरु अनि ‘मेरो शेयर’ अनलाइनबाट पनि आवेदन दिन पाउनेछन्। यसकाे बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज  क्यापिटल रहेकाे छ ।