
काठमाडाैं, २८ फागुन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने बताएकाे छ।
फागुन २९ गते सरकारले फागु पूर्णीमा, होलीको सार्वजनिक बिदा दिएकाे छ । लाभांश पाउनका लागि लगानीकर्ताले आज बुधबारसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।
कम्पनीका अनुसार ५८ औँ साधारण सभा चैत १५ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभाबाट १० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ता अनुमाेदन गरिने भएकाे छ । साथै ऋण सुविधाकाे प्रस्तावमा छलफल गरिने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएकाे राहत रकम तथा लेखापरीक्षककाे नियुक्ति लगायतका प्रस्तावहरु पारित गरिने भएकाे छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




