
काठमाडाैं, २८ फागुन । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले नयाँ वर्ष २०८२ बैशाख ३ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई बिक्रीमा ल्याउने भएकाे छ ।
क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा रूपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीका लागि ल्याइनेछ ।योजना १० वर्षे बन्दमुखी योजना हो। याे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ ।
कुल १० करोड इकाईबाट १ करोड १५ लाख इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि रहेकेा छ । १० लाख इकाई योजना व्यवस्थापकका लागि र बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि बिक्री गरिनेछ । साे फण्डमा लगानीकर्ताले घटीमा १०० देखि १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे अवधिमा पूरा इकाई बिक्री नभएको खण्डमा वैशाख १७ गतेसम्म आवेदन खुला रहनेछ ।
फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




