
काठमाडाैं, २९ फागुन । पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलिकाे प्रमुख आतिथ्यतामा सम्मेलन काठमाडाैंमा गरिएकाे हाे ।
श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन प्रारभ्म भएको हो ।
उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक शुरक्षा कोष बिच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने र सो सुरक्षा कोशले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासंगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्नेछ, भनिएको छ ।
समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे। यस्तो ऐतिहासिक समझदारीले नाडा र सामाजिक सुरक्षा कोष बिचको सम्बन्ध आगामी दिनहरुमा थप सवल र सुदृढ हुँदै जाने विश्वास समेत नाडाले लिएको छ ।
उक्त समझदारी अनुसार नाडाले अव हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भिसिटियस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ । उक्त हस्ताक्षर कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




