
काठमाडौं, २ चैत्र । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर (आइपीओ) मा आवेदन दिने अवधि बाँकी रहँदा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएकाे हाे ।
आजसम्म कम्पनीकाे शेयरमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । जसमा १४ लाख ८० हजार ५७८ जना सर्वसाधारणले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् । जाे मागभन्दा १२.८१ गुणा धेरै हाे ।
कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरबाट वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँड गरिसकेको छ ।
यस्तै ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी रहेको १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि लाई बिक्रीमा ल्याएकाे हाे । जसकाे प्रतिकित्ता दर रुपैयाँ १ सय रहेकाे छ ।
लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि चैत ३ गतेसम्म आवेदन दिन पाउनेछन् । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




