नेप्सेमा १०.१४ अंकको गिरावट, ५ अर्ब ४० करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ चैत्र । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा झरेको छ । नेप्सेमा ०.३७ प्रशितसतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले घटेर ४५३.९५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ८ वटामा रातो लागेको छ । बाँकी रहेका ५ वटामा हरियो लागेको छ । यसदिन ३३१ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार २१० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरमूल्य घटेको छ । बैंकको शेयरमूल्य ५.४१ प्रतिशतले घटेको छ ।