प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशन विराटनगरमा शुरू, अध्यक्षमा गणेश पाण्डेकाे उम्मेदवारी

-



     सफल आवाज    
     चैत्र १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० चैत्र । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि बिराटनगरमा शुरू भएकाे छ । यसअघि २०६९ मा विराटनगर मै सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे थियाे ।

१० औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमा गणेश पाण्डेले उमेद्वारी दिने बताएका छन । सामाजिक संजालबाट उमेद्वारी सार्वजनिक गरेका पाण्डेले नेकपा एमालेकाे प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारीबाट भने राजिनामा दिएका छन् ।

उनले अग्रजहरुको कष्टसाध्य योगदान र विरासतको आलोकमा गौरवपूर्ण इतिहास बोकेको यस संगठनलाई कुशलतापूर्वक सञ्चालन गरी अझ रहरलाग्दो संगठन बनाउने इच्छा व्यक्त गर्दै प्रेस चौतारीमा आबद्ध सबैलाई एकताबद्ध हुन आवश्यक भएकाे बताएका छन्।