पृथ्वीनारायण क्याम्पस-स्ववियुमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी

-



     सफल आवाज    
     चैत्र १२ गते २०८१ मा प्रकाशित


Oplus_131072


पोखरा, १२ चैत्र । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानल भारी मतान्तरसहित विजयी भएको छ ।

सभापतिमा पोखरेल १ हजार १ सय ५ मतले विजयी भएका हुन। २३ औं स्ववियु सभापतिका लागि २ स्वतन्त्रसहित ८ जनाबीच प्रतिष्पर्धा भएको थियो। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका सुशील न्यौपानेले ५ सय ३ मत प्राप्त गरेाका छन् ।

स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४ सय ६९ मत, अखिल क्रान्तिकारीका नवीन अधिकारीले २ सय २३ मत, संयुक्त प्यानलका सन्तोष पौडेल १ सय ९६ मत, स्वतन्त्र उम्मेदवारी दिएका कमल सुवेदीले ९९ मत, प्राज्ञिक विद्यार्थी परिषदका दिप्सन गुरुङले ७६ मत अखिल छैटौँका मिलन सुनारले २८ पाए ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडी निर्वाचित भए । उनले एक हजार ४ सय १३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेविसङ्घका विवेक भट्टराईले ६ सय २८ मत ल्याए । अखिल क्रान्तिकारीका मिराज थापामगरले २ सय ९३, संयुक्त प्यानलका किरण खड्काले २ सय ४९ र प्राज्ञिक विद्यार्थी परिषद्का अविशेष विष्टले १ सय १८ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङ निर्वाचित भइन् । उनले एक हजार ३ सय ४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेविसङ्घका अमिषा यादवले ६ सय ४७ मत ल्याइन् ।

उता संयुक्त प्यानलका सचिन पौडेल ३ सय ६०, अखिल क्रान्तिकारीका सिर्जना शर्माले २ सय ४४ र प्राज्ञिक विद्यार्थी परिषदकी अम्बिका धिमालले १ सय २४ मत प्राप्त गरिन्।

प्रत्यक्षतर्फ सदस्यमा सबै जना अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन् । यसअनुसार एलिशा भट्टराई  १ हजार १ सय ८७ मत, सुशील अधिकारी १ हजार २ सय ३५ मत, विशाल लम्साल १ हजार २ सय ८२ मत, प्रचण्ड शक्ति गुरुङ १ हजार २ सय ५८ मत, बृषभ चालिसे १ हजार २ सय २६ मत,  अनुजराज अधिकारी १  हजार २ सय ३७ मत,  जमुना शर्मा १ हजार २ सय ५४ र सुजन शर्मा सापकोटा १ हजार १ सय ९६ मतले विजयी भएका छन्।

आइतबार भएको निर्वाचनमा ३१ दशमलब २४ प्रतिशत मात्र मत खसेको थियो । सबैभन्दा धेरै मतदाता रहेको पिएनमा ९ हजार २ सय ७० मतदातामा २ हजार ८ सय ९६ जनाले मतदान गरेका थिए । यसपछि समानुपातिक तर्फको मतगणना हुनेछ ।