नेप्सेमा ३९.१३ अंककाे बृद्धि, कारोबार ४ अर्बमा सिमित

-



     सफल आवाज    
     चैत्र १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ चैत्र । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा हरियाली छाएको छ ।

नेप्सेको हरियाली वातावरणले लगानीकर्ताहरुमा उत्साह जगाएको छ । यद्यपी नेप्से उकालोको यात्रामा गएपनि कारोबार रकममा भने उल्लेखनिय प्रगति भएको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा १.ं५१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.७१ अंकले बढेर ४४०.६९ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हिरयाली छाएको छ । कुल ३१७ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको ९१ लाख ४२ हजार ९४१ कित्ता शेयरको कारोबारबाट ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८९४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख ७८ हजार १४८ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ५.८५ प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य ७.०९ प्रतिशतले घटेको छ ।